गण्डकी प्रदेश सरकार

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय

रोजगार सूचना केन्द्र

गण्डकी प्रदेश, पोखरा, नेपाल

रोजगार खोजी गर्नुहोस्

रोजगार खोज्ने व्यक्तिको लागि लगईन रोजगारदाताको लागि लगईन

हाम्रो बारेमा


देशको श्रम बजार र रोजगार सूचना केन्द्रको भूमिका
नेपालमा हरेक बर्ष करिब पाँच लाख युवा श्रम बजारमा प्रवेश गर्ने गरेको पाइन्छ । एकातिर देशमा रोजगारदाताले खोजेका जस्ता जनशक्ति नपाएर विदेशी जनशक्तिमा भर पर्नु परिरहेको छ भने अर्कातिर लाखौ नेपाली युवाहरु देशमा खोजेका काम नै पाइदैन भन्दै विदेशतिर लागिरहेको अवस्था छ । कामदार चाहे जस्तो काम नपाउने र रोजगारदाताले खोजेजस्तो कामदार नपाउने अवस्थाको न्यूनीकरण गर्ने उद्देश्यले नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम विभाग अन्तर्गत रोजगार सूचाना केन्द्रहरु स्थापना भएको थियो । आर्थिक बर्ष २०६५/०६६ को बजेट वक्तव्यको निर्देशन अनुरुप नेपालभरी १४ वटा रोजगार सूचना केन्द्रहरु स्थापना भएको थियो । सबै रोजगार सूचना केन्द्रहरु प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नीति अनुरुप रोजगार सूचना केन्द्र, पोखरालाईसमेत साविक सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशलाई हस्तान्तरण भई यसै मन्त्रालय मातहतको कार्यालयको रुपमा रहेको छ । यस सूचना केन्द्रलाई सञ्चालन तथा व्यवस्थापन गर्ने उद्येश्यबाट गण्डकी प्रदेश सरकार (मन्त्रीस्तर) बाट मिति २०७८/०९/२६ गते रोजगार सूचना केन्द्र सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७८ स्वीकृत भई सोही निर्देशिका अनुसार यस केन्द्रले आफ्ना कार्यहरु गरिरहेको छ ।
देशको आर्थिक तथा औद्योगिक संबृद्धिका लागि श्रम शक्तिको महत्वपुर्ण भुमिका रहेको हुन्छ । दक्ष जनशक्ति नै आर्थिक विकासको मुल आधार हो । श्रम बजारका माग बमोजिम दक्ष, आधुनिक प्रविधि र सीपयुक्त जनशक्तिको उत्पादनले मात्र श्रम बजारमा दक्ष जनशक्तिको माग र आपुर्ति बीचको अन्तरलाई कम गर्दै बेरोजगारी समस्याको समानधानमा सहयोग पुग्न सक्छ । यसका लागि भरपर्दो र प्रभावकारी श्रम बजार सूचना प्रणालीको आवश्यक छ ।रोजगारीको अवसर नहुने भन्दा पनि भएका अवसरहरुको सहि सूचना प्राप्त नहुनुले ठुलो जनशक्ति बेरोजगारीको अबश्थामा रहनु परेको यथार्त हो । नेपालको श्रम क्षेत्रमा बेरोजगारहरुको संख्या बर्षेनी बढिरहेको, श्रमको माग र आपूर्ति बीच उचित सन्तुलन हुन नसकेको, युवा जनशक्ति र स्रोत साधनको उपयोग हुन नसकेको, श्रम बजारमा उपलब्ध रोजगारी अवसरप्रति अनविज्ञता देखिएको, रोजगारदाताले चाहे अनुरुपको दक्ष, सीपयुक्त जनशक्तिको अभाव, श्रम बजार मागअनुसार सीप र दक्षता विकास हुन नसकेको, जनशक्ति विकास, योजनाको कमी, रोजगारी खोजिमा युवा जनशक्तिको विदेश पलायन, बेरोजगारीको कारण अस्थिरता, असमानता र निराशा बढेको, रोजगारीको अभावमा गरिबी निवारणको लक्ष्य हासिल हुन नसक्नु जस्ता समस्या विद्यमान छन् ।
मुलुकमा रोजगारीको अवसरहरु पहिचान तथा सृजना गरी दक्ष, अदक्ष तथा अर्थदक्ष बेरोजगारीको दर घटाउन कामदारहरुको सिप तथा काम र श्रमको माग र आपूर्तिबीच सन्तुलन कायम गर्नका साथै कामदारहरुको आधारभूत अधिकारको रक्षा, मर्यादित कार्य वातावरण प्रवर्द्धन र रोजगारीमा सामाजिक न्याय तथा समानताको लागी श्रम बजारमा सूचनाको ठुलो भुमिका छ । यसै सन्दर्भमा प्रदेश सरकारले बेरोजगारहरुको लगत संकलन गरी यस्ता बेरोजगारहरुलाई रोजगारीको अवसरमा संलग्न गराउने उद्देश्यले गण्डकी प्रदेशका विभिन्न औद्योगिक प्रतिष्ठान तथा रोजगारदातालाई उपलब्ध जनशक्तिसँग प्रत्यक्ष सम्पर्क स्थापित गराई रोजगार विनिमय (म्याचिङ) सेवा प्रदान गर्ने उदेश्यले रोजगार सूचना केन्द्र सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याई सकेको छ । रोजगारदाता र रोजगारीको खोजिमा रहेको व्यक्तिहरुले यो सेवा विद्युतीय माध्यम वेबसाइटबाट पनि लिन सकिने ब्यबस्था गरिएको छ । यस सेवाका लागि रोजगार सूचना केन्द्रले वेबसाइट www.rojgar.gandaki.gov.np सञ्चालन ल्याएको छ । यसबाट बेरोजगार जनशक्तिलाई महत्वपूर्ण सूचना प्रदान हुने नै छ र रोजगारदातालाई विज्ञापन खर्च कटौती भई आवश्यक जनशक्ति यस केन्द्र मार्फत सहजै उपलब्ध हुनेछ भने तालिम प्रदायक संस्थाहरुले पनि माग बमोजिम तालिम सञ्चालन गर्ने सक्नेछन् ।
दामोदर बराल
केन्द्र प्रमुख
रोजगार सूचना केन्द्र
गण्डकी प्रदेश, पोखरा


नयाँ रोजगारीहरू

थप रोजगारहरू हेर्नुहोस्

केन्द्र प्रमूख

दामोदर बराल

Contact Person

राजेश श्रेष्‍ठ


rajeshstha080@gmail.com

  भिटेक पोखरा

  पोखरा महानगरपालिका- ०८, Simalchaur, कास्की

  9800000
 abc@jobtest.com

पुरा विवरण
  हरि बहादुर राना

  मध्यनेपाल नगरपालिका- ६, Bhorletar, लमजुङ

  987126332
 rojgar.madhyanepal@gmail.com

पुरा विवरण
  ASDF

  राईनास नगरपालिका- १, Tolename, लमजुङ

  9876543210
 abchotel@mailnesia.com

पुरा विवरण
  MORTON AND PAGE TRADERS AKNDLFNKASNDF

  कागेश्वरी मनहरा नगरपालिका- १३, Snow Cohen Inc, काठमाडौँ

  7486822014
 qohepime@mailinator.com

पुरा विवरण
  MARTIN AND CASTANEDA PLC

  पुनर्वास नगरपालिका- १०, Moreno and Alford Traders, कञ्चनपुर

  1401647477
 kekyw@mailinator.com

पुरा विवरण
  SALAZAR AND ROBBINS INC

  देवचुली नगरपालिका- ६१, Kerr and Allison Trading, नवलपरासी ((बर्दघाट सुस्ता पूूर्व)

  3146099753
 liqy@gmail.com

पुरा विवरण

सिपमुलक तालिम